वातावरण

आइतबारकाे माैसम यस्ताे छ, घरै बसाैँ सुरक्षित रहाैँ

काठमाडाैँ । आज २०७८ बैशाख १९ गते (आइतबार), जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

यस्तै राति प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत