कोरोनाबाट निको हुनेको संख्या १ हजार २८७, थप १९ जनाको मृत्यु, देशभर ४३ हजार २१३ सक्रिय संक्रमित
- गाउँ सहर संवाददाता
- १८ बैशाख शनिबार, २०७८ | १६:४५:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार २९८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ५ हजार ७०६ नयाँ संक्रमित थपिएका छन् । दुबै विधिबाट १४ हजार ९६९ टेस्ट गरिएकोमा कुल ५ हजार ७६३ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २८७ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ४३ हजार २१३ सक्रिय संक्रमित रहेका छन् । आज ६७ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।
मन्त्रालयका अनुसार आजसम्म २४ लाख ८८ हजार ३५९ जनाको पिसिआर टेस्ट भइसकेको छ ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ४०१ को आइसियूमा र ११० को भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न काठमाडौँलगायतका विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस