स्वास्थ्य

भारतमा एकैदिन चार लाख बढि काेराेना संक्रमित थपिए, ३५ सयकाे मृत्यु, यी हुन् विश्वका उच्च संक्रमित दश देश

काठमाडौं । भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भएका छन् । भारतमा ४ लाख २ हजार ११० जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ५ सय २२ जनाकाे मृत्यु भएकाे छ । यससँगै भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ९१ लाख ५७ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये २ लाख ११ हजार ८३५ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ५६ लाख ७३ हजार जना निको भएका छन् । सक्रिय केस ३२ लाख ७२ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

विश्वभर (कोभिड-१९) कोरोनाभाइरसले सताइरहेकाे छ । संक्रमितमध्ये निको हुनेको संख्या १२ करोड ९२ लाख ६२ हजार जना भन्दा बढि छन् । विश्वभर हाल १ कराेड ९५ लाख ३६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १५ करोड १९ लाख ९१ हजार नाघेको छ भने मृतकको संख्या ३१ लाख ९३ हजार ५० जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ११ हजार ३६१ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ३१ लाख २ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ९० हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ५७ लाख ९ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख २ हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ४६ लाख ६५ हजार जना संक्रमितमध्ये १ कराेड ३१ लाख ९४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख ४ हजारभन्दा बढी छन् । हाल १० लाख ६७ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित ३ लाख २३ हजार १८७ जना पुगेका छन् भने २ लाख ८१ हजार ९५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार २७९ पुगेको छ भने ३८ हजार ८१३ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत