गाउँ सहर

काेराेना कहरः नेपाल-भारतका २२ वटा नाका पूर्ण रुपमा बन्द

काठमाडौँ। कोरोना संक्रमण तीब्र बनेपछि भारततर्फका ३५ वटा नाकामध्ये १३ नाका मात्रै सञ्चालनमा ल्याइने भएको छ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकाहरु मध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको हो। बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ।

सरकारले क्वारेन्टिनसहित खुला राखेका नाकाहरु काँकडभिट्टा, जोगमनी, पशुपतिनगर, भिठ्ठामोड, गौर, वीरगञ्ज, वेलहिया, कृष्णनगर, जमुनाहा, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी छन्।

गाउँ सहर संवाददाता

तपाईँको मत