विश्व

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ८ हजार ३३०

काठमाडौँ । भारतमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख ८ हजार ३३० पुगेको त्यहाँको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार सक्रिय केश ३१ लाख ७० हजार २२८ रहेको छ । अहिलेसम्म १ करोड ५३ लाख ८४ हजार ४१८ जनाले स्वास्थ्य लाभ गरेका छन् । 

मन्त्रालयका अनुसार १५ करोड २२ लाख ४५ हजार १७९ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

पछिल्लाे दिनहरूमा काेराेना कहर भारतमा बढेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत