स्वास्थ्य

२२ जिल्लामा काेराेनाकाे डरलाग्दाे संक्रमण, ३३१ काे सघन र ११५ काे भेन्टिलेटरमा उपचार हुँदै

काठमाडाैँ । नेपालमा पछिल्लाे समय काेराेना मृतक दरमा रेकर्ड बन्दै गएकाे छ । पछिल्लो २४ घण्टामा ३३ को मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार २७९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ५ हजार ६५७ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या २ लाख ८१ हजार ०९७ पुगेको छ । शुक्रबारसम्म २४ लाख ७३ हजार ६५६ जनाकाे पिसिआर परीक्षण गरिएकाे छ । दुबै विधि गरेर १५ हजार ९१६ काे परीक्षण गर्दा कुल ५ हजार ७ सय २७ जना संक्रमित थपिएका छन् ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड-१९ संक्रमण दर उच्च गतिमा फैलिरहेकाे भन्दै सर्वसाधारणलाई संवदेशनशील हुन अनुराेध गरेकाे छ । मन्त्रालयले सर्वसाधारणसमक्ष अपिल जारी गर्दै अति प्रभावित जिल्लाहरू माेरङ, सुनसरी, झापा, पर्सा, धनुषा, बार, काठमाडाैं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चाके, कास्की, दाङ, बाँके, रूपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर लगायतमा संक्रमण डरलाग्दाे रूपमा फैलिरहेकाे र उपचारका लागि अस्पतलमा शैया पनि उपलब्ध गराउन नसकिने अवस्था भएकाे भन्दै सबैजनालाई संवेदनशील हुन अनुराेध गरेकाे छ । 

शुक्रबार थपिएका संक्रमितमा ०—९ वर्ष उमेर समूहका १३९ जना, १०—१९ उमेर समूहका ३६७, २०—२९ का १ हजार ३७२, ३०—३९ उमेर समूहका १ हजार ३८९, ४०—४९ का १ हजार ५०, ५०—५९ उमेरका ७३९, ६०—६९ उमेर समूहका ३४९, ७०—७९ उमेरका १६२, ८०—८९ उमेर समूहका ५० जना, ९०—१०० का ४ जना र अज्ञात ३६ रहेका छन् । 

पछिल्लो २४ घण्टाको तथ्यांकले पनि २०—२९ र  ३०—३९ उमेर समूह उच्च जोखिममा देखिएको छ ।

मन्त्रालयका अनुसार देशभरका अस्पतालहरूमा ३३१ काे सघन र ११५ काे भेन्टिलेटरमा उपचार भइरहेकाे छ ।

मन्त्रालयकाे सन्देश

गाउँ सहर संवाददाता

तपाईँको मत