सिईडिबि हाइड्रोपावरको आईपीओ निष्काशन, परेन भनेर भर्न नछाेड्नुहाेस्, भरेमात्र पर्छ
- गाउँ सहर संवाददाता
- १७ बैशाख शुक्रबार, २०७८ | ११:११:०० मा प्रकाशित
काठमाडाैं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज (बैशाख १७ गते) देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेकाे । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँमा २५ लाख १८ हजार २३० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
आईपीओको कम्पनीले २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने एक लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने जनाइएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ५८ करोड ७५ लाख ८७ हजार रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीले निष्काशन गेरको शेयरमा बैशाख २१ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा मागअनुसार आवेदन नपरे बैशाख ३१ गतेसम्म म्याद थप हुनेछ ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्तामा हिमालयन क्यापिटल, मेगा क्यापिटल र कुमारी क्यापिटल रहेका छन् ।
यस कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत् कम्पनी र ०.१८ मेगावटको‚ यागे खोला जलविद्युत् आयोजना गरी दुईवटा हाइड्रोपावर परियोजना सञ्चालनमा छन् । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्‚ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत् लिमिटेड तथा खारे खोला जलविद्युत् कम्पनी लिमिटेड गरी तीनवटा आयोजना निर्माण भइरहेका छन् ।
कम्पनीको लगानी रहेको सङ्खुवासभा मकालु गाउँपालिका–२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत् आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ । पछिल्लो समय आवेदकहरुको संख्या उच्च हुँदै गएका कारण गोलाप्रथाबाट १० कित्ता मात्रै पनि धेरै कमले मात्रै पाउँछन् । यसर्थ १० कित्ताका लागि आवेदन दिए पनि पर्याप्त हुने देखिन्छ ।
कति भर्ने ?
पछिल्लो समय हरेक सार्वजनिक निष्काशनमा उच्च आवेदन पर्ने गरेको छ । निष्काशित शेयर कम हुँदा गोलाप्रथाबाट सीमित आवेदकले मात्र शेयर पाउने गरेका छन् । त्यसले यस सार्वजनिक निष्काशनमा पनि एक हजार रुपैयाँको आवेदन गर्नु नै उचित हुन्छ ।
कम्पनीको आइपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड गर्दा २ लाख ३४ हजार १९५ जना आवेदकले शेयर पाउनेछन् । आईपीओमा करिब १८ लाखले आवेदन गर्ने हुँदा १५ लाख ६५ हजार आवेदक अर्थात ८७ प्रतिशतको हात खाली हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
प्रतिकृया दिनुहोस