जसपाका चार सांसद प्रकरणमा महन्थ ठाकुरकाे पत्र : कुनै कारबाही नभएकाे बेहाेरा जानकारी गराउँदछु (पत्रसहित)
- गाउँ सहर संवाददाता
- १६ बैशाख बिहीबार, २०७८ | १९:२७:०० मा प्रकाशित
काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मन्त्री बनेका चार सांसदलाई केन्द्रीय स्तरबाट कुनै कारबाही नगरिएको बताएका छन् ।
यसबारे लुम्बिनी प्रदेशको संसदीय दलको निर्णय नै आधिकारिक हुने उनको भनाइ छ । लुम्बिनी प्रदेशमा जसपाको प्रदेश समिति गठन नभएकाले प्रदेश संसदीय दललाई नै स्वायत्तता दिइएको बताएका हुन् ।
ठाकुरले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्,'संसदीय दललाई नै स्वायत्तता दिइएकाले केन्द्रीय स्तरबाट कुनै कारबाही नभएको जानकारी गराइन्छ।'
यसअघि बिहीबार दिउँसो प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बिहीबार सांसदहरू सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना जारी गरेका थिए ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध उभिने पार्टीको निर्णयविरुद्ध लागेर सरकारमा सहभागी भएपछि जसपाले कारबाही गरेको हो । कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरूले ६ वैशाखमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
तर, अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टा बित्न नपाउँदै उनीहरू मन्त्री बनेका थिए । मुख्यमन्त्री नेतृत्वको सरकारमा सन्तोषकुमार भौतिक पूर्वाधार विकास, यादव भूमि व्यवस्था तथा कृषि मन्त्री र रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री छन् ।
अविश्वास प्रस्तावमा जसपाका सन्तोषकुमार, विजयकुमार र सुमनले हस्ताक्षर गरे पनि पछि फिर्ता लिएर मुख्यमन्त्री पोखरेललाई साथ दिएका थिए । सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २ (१) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस