विदेशी दृश्य नेपालमा देखिन थाल्याे, कुन उमेर समूहमा बढि काेराेना संक्रमण ? ४ हजार ९२८ नयाँ संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- १६ बैशाख बिहीबार, २०७८ | १७:२९:०० मा प्रकाशित
काठमाडाैँ । काेरानाकाे कहरमा नेपालपनि देखिएकाे छ । पछिल्ला मृतक र संक्रमितकाे दरले विदेशी दृश्यहरू देखिन थालेका छन् ।
कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा ३५ को मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार २४६ पुगेको छ जुन अहिलेसम्मकै उच्च हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५६० जनाकाे परीक्षण गरिएकाेमा पिसिआर जाँचबाट ४ हजार ८३१ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।
दुबै विधि गरेर पछिल्लाे २४ घण्टामा ४ हजार ९२८ नयाँ संक्रमित थपिएका छन् । नेपालमा अहिले कुल ३४ हजार ११७ जनाको सक्रिय सङ्क्रमण रहेको छ ।
पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरू १२ वटा रहेका छन् जसमा मोरङ, पर्सा, काठमाडाैँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रूपन्देही, सुर्खेत र कैलाली हुन् ।
थप १० जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये २,३६४ जना अस्पतालमा उपचाररत रहेका छन् । तीमध्ये ३३७ जना सघन उपचार कक्षमा र १०७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
बिहीबार पुष्टि भएका सङ्क्रमितमध्ये काठमाडाैँका १,१२७ जना, ललितपुरका २५१ जना र भक्तपुरका १८२ जना छन् । रुपन्देहीमा ५२८, बाँकेमा ४८९ र कैलालीमा ३४९ जना सङ्क्रमित थपिएका छन् ।
थपिएका सङ्क्रमितमध्ये ९७ जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएकाे मन्त्रालयले जनाएकाे छ ।
थपिएका संक्रमितमा ०—९ वर्ष उमेर समूहका ८९ जना, १०—१९ उमेर समूहका २९५, २०—२९ का १ हजार २६७, ३०—३९ उमेर समूहका १ हजार २६०, ४०—४९ का ८७४, ५०—५९ उमेरका ५५२, ६०—६९ उमेर समूहका २९०, ७०—७९ उमेरका ११६, ८०—८९ उमेर समूहका ४० जना, ९०—१०० का ३ जना र अज्ञात ४५ रहेका छन् ।
पछिल्लो २४ घण्टाको तथ्यांकले पनि २०—२९ उमेर समूह उच्च जोखिममा देखिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस