अर्थतन्त्र

निषेधाज्ञाकाे सारथी ‘ग्यापु’, तपाईँ अर्डर गर्नुहाेस् हुन्छ नि:शुल्क होम डेलिभरी

काठमाडौं । छाेटाे समयमै उपभाेक्तामाझ लोकप्रिय नेपाली इ-कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले निषेधाज्ञाको बेला पनि घरघरमा पुगेर सेवा दिइरहेकाे छ । 

ग्यापुले यस अवधिमा तरकारी, खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको प्राथमिकताकासाथ नि:शुल्क होम डेलिभरी सुरु गरिरहेकाे ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले जानकारी दिए । 

काठमाडौं उपत्यकामा २४ घण्टा भित्र नि:शुल्क होम डेलिभरी सेवा दिँदै आएकाे बताउँदै खड्काले भने, ‘ग्यापु टिम कोभिड भ्याक्सिन लगाएर स्यानिटाइज्डसहित सेवामा समर्पित भइरहेका छाैं । सकेसम्म धेरैलाई सेवा पुर्याउने अभियानमा लागिपरेका छाैँ । कोरोनालाई ख्याल ख्याल नसोचौँ । ग्यापुले बजारकाेभन्दा केही सस्तै मूल्यमा तरकारीदेखि फलफूल लगायत सामाग्रीहरू नि:शुल्कै घरघरमा सामान डेलिभरी गरिरहेकाे छ । मात्र तपाईँकाे अर्डर चाहिएकाे छ ।’ 

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आइएमइ पे, कनेक्ट आइपिएस र इ-सेवा मार्फत भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न् ।

गाउँ सहर संवाददाता

तपाईँको मत