अर्थतन्त्र

अघिल्लाे दिनकाे तुलनामा सुनचाँदीकाे मूल्य बढ्याे

काठमाडाैं । बिहीबार सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन भने सुनको मूल्य ७०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि बढोत्तरी भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच हुँदैछ । बुधबार चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार ३०५ रुपैयाँमा झरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत