गाउँ सहर

डब्लूएचओले भन्यो - कोरोनाभाइरसको इण्डियन स्ट्रेन १७ देशमा

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको इण्डियन स्ट्रेन १७ देशमा पाइएको बताएको छ ।

उसका अनुसार विश्वमा पछिल्लो हप्ता ५७ लाख बढी नयाँ संक्रमित थपिएको छ । इण्डियन स्ट्रेन बी वान ६१७ भेरिएन्ट (डब्बल म्यूटेशन भेरिएन्ट) को कारण भारतमा कोरोनाको संक्रमण बढिरहेको छ ।

डब्लूएचओले भेरिएन्ट अफ इन्ट्रेस्ट (भिओआई) घोषित गरेको छ ।

अहिलेसम्म विश्वमा १५ करोड माथिमा कोरोना संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या ३१ लाख माथि छ ।

बढी संक्रमित देशका विभिन्न स्थानहरूमा अहिले निषेधाज्ञा जारी गरिएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत