विश्वभर काेराेना संक्रमितमध्ये १२ कराेड ७७ लाख जना निकाे, भारतमा एकैदिन ३ लाख ७९ हजार संक्रमित
- गाउँ सहर संवाददाता
- १६ बैशाख बिहीबार, २०७८ | ०७:३६:०० मा प्रकाशित
काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसले सताइरहेकाे छ । संक्रमितमध्ये निको हुनेको संख्या १२ करोड ७७ लाख ३६ हजार जना भन्दा बढि छन् । विश्वभर हाल १ कराेड ९३ लाख १६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १५ करोड २ लाख १६ हजार नाघेको छ भने मृतकको संख्या ३१ लाख ६३ हजार ८७३ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख १० हजार ७७९ जनाको अवस्था गम्भीर छ ।
पछिल्लाे २४ घण्टामा सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भारतमा भएका छन् । भारतमा ३ लाख ७९ हजार ४५९ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ६ सय ४७ जनाकाे मृत्यु भएकाे छ । यससँगै भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ८३ लाख ६८ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये २ लाख ४ हजार ८१२ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ५० लाख ७८ हजार जना निको भएका छन् । सक्रिय केस ३० लाख ८५ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड २९ लाख ८३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ८८ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ५५ लाख ८४ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख १० हजार जनामा भाइरस सक्रिय छ ।
तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ४५ लाख २३ हजार जना संक्रमितमध्ये १ कराेड ३० लाख ९१ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ९८ हजारभन्दा बढी छन् । हाल १० लाख ३३ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।
नेपालमा भाइरस संक्रमित ३ लाख १२ हजार ६९९ जना पुगेका छन् भने २ लाख ७९ हजार २७९ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार २११ पुगेको छ भने ३० हजार २०९ जना उपचाररत छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
प्रतिकृया दिनुहोस