गाउँ सहर

हराएका भनिएका जनमाेर्चाका सांसद शाही आइसियुमा

काठमाडौं ।  जनमोर्चाका सांसद खिमविक्रम शाही चरक मेमोरियल हस्पिटलको आइसियुमा भर्ना भएका छन् ।

उनका स्वकीय सचिव मिलन हमालका अनुसार दिउँसो १२ बजे अचानक बिरामी भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको हो । तर, उनको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । 

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको समयमा शाही अस्पताल भर्ना भएका थिए । 

उनी सम्पर्कविहीन भएपछि प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत