दृष्‍टिकोण

काेराेना कहरमा गाउँ र सहरबाट के शिक्षा लिने ! सहर रहर कि कहर ?

[खुकुलाे समयमापनि हेलचेक्राइँ नगराैँ, संक्रमण सबैलाई हुन सक्छ]

काठमाडाैँ । देशका सहरहरूमा पुनः कहरका दिनहरू सुरू भएका छन् । बिहिबारबाट नेपालकाे राजधानीमा निषेधाज्ञा जारी गर्ने कहरले गाउँका मानिस जाे करहले यहाँ बसाेबास गरेका थिए, यहाँकाे अवस्था असहज हुनसक्ने भन्दै थाकथलाे लगभग फर्किसकेका छन् । पछिल्ला दिनमा दिनकाे करिब ५० हजारले उपत्यका छाडेकाे ट्राफिक महशाखाले जनाएकाे छ । 

के गर्ने, सहरमा घरमात्र छन तर मन छैन । चाहेरपनि एक अर्काकाे सहयाेग पाउनु र दिनु त भाग्य नै हाे ।

सबै क्षेत्र फेरि बन्द भएका छन् । अत्यावश्यकीय क्षेत्रहरू केहि समय खुल्ने छन् जसले उपत्यकाबासीको आवश्यकता पूरा गर्नुपर्ने छ । कोरोना संक्रमण बढ्दा पोहोरकै अवस्था आएको छ । हुने र नहुने सबैमा समस्याका चाङ थपिदिएको छ । सबैले याेबेला पुनः गाउँ नै सम्झिएका छन् । किनकी सहरभित्र पनि गाउँ छ र हुन्छ भन्ने पछिल्लाे पुस्ताले भूलेकाे छ ।

मनन गर्नैपर्ने भएकाे छ, यदि ति गाउँहरू आज समृद्ध बनाएकाे भए हामी पूर्णनिर्भर सहरसँग हुनु पर्दैनथ्याे । यहाँ त केहिवादले विगारेकाे शासनमा अनेक पुस्ताले दुःख भाेग्नुपरेकाे छ । सहरकाे कहरलाई गाउँले धानेकाे अब कसैबाट छिपाउन सकिँदैन । काेराेना कहरले थप आत्मनिर्भरताकाे बाटाे देखाइदिएकाे चाहिँ छ तर पालना गर्ने, सुध्रने वा नसुध्रने हाम्रै दायित्वभित्र निर्भर रहन्छ ।

विश्वमा काेराेना कहरले गाजिरहेकै अवस्थामा यहाँ सरकार र नेता सबैलाई भीड गर्न जतिबेलै सम्भव भयाे तर गरिबकाे छाक टार्ने र स्वास्थ्य सुविधा बढाउने कार्यमा पाखा लागिरहे । सीमा सुरक्षा घटाइयाे, मापदण्ड नमानेरै काम गर्दापनि सरकार चुप लागेर बस्याे, जनतापनि काेराेना केहि हाेइन भन्दै निस्कीए । तर काेराेना सकिएकाे थिएन र छैन, कति वर्ष गाँज्ने हाे कसैकाे अनुमानभन्दा बाहिर छ ।

पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ३ हजार २११ पुगेको छ । पछिल्लो २४ घण्टाको कोरोना मिटरले कोरोना संक्रमितमध्ये ३१७ जनाको आइसियूमा र ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार २०२ आइसियू र ४८७ भेन्टिलेटर चालू अवस्थामा छन् । अस्पतालमा गम्भीर विरामीको संख्या बढ्दै जाँदा बेड पाउन मुस्किल हुँदै गएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ८७९ को पिसिआर र ९५५ को एन्टिजेन चेक हुँदा पिसिआरबाट ४ हजार ७७४ र एन्टिजेन विधिबाट १२३ कोरोना संक्रमित देखिएका छन् । दुबै विधि गरेर पछिल्लो २४ घण्टामा मात्र ४ हजार ८९७ जना नयाँ संक्रमित थपिएका छन् । देशभर अहिले ३० हजार २०९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

वास्तवमा नेपाल गाउँ नै गाउँले भरिएकाे देश हाे । पूर्वाधार र सुविधाकाे अभावमा हामी जाे काेहिपनि कहरले सहर छिरेका छाैँ । सक्नेले यहिँ अर्काे वासस्थान बनाएका छन् भने नसक्ने कहिले यता त कहिले उता बाध्यता नै हाे ।

शिक्षा, स्वास्थ्य, राेजगारीसँगै अवसरले गाँज्ने सहरले अचम्म ! काेराेना कहरलाई भने थेग्न सकेन । भाइरस साँच्चै शक्तिशाली नै रहेछ । विश्वका वैज्ञानिक यसैकाे सेराेफेराेमा अध्ययन गरिरहँदा पनि यसलाई हराउन सक्षम बनेका छैनन् । ३१ लाख बढीकाे ज्यान गइसकेकाे छ भने १५ कराेड मानिस संक्रमित भइसकेका छन् । गरिबकाे छाक कटेकाे छ भने धनीले कारखाना बन्द गर्नुपरेकाे छ । कसैलाई बाँकी राखेकाे छैन काेराेनाले ।

अर्थतन्त्र ध्वस्त बनेकाे छ । माथि उकास्न कति समय लाग्ने कसैकाे अनुमानभन्दा बाहिर गएकाे छ । मानसिक चिन्ता र राेगीकाे संख्या यहि कारण थपिएकाे छ । हामी कसैसँग रिसाएर, झगडा गरेर पनि यसकाे समाधान निस्कन सक्दैन । काेराेनाबाट बच्ने उपायकाे कन्जुस्याइँ हाम्रैलागि घातक देखिएकाे छ ।

बाहिरबाट जानु वा आउनुभएकाे भए नियमकाे पालना गराैँ । संक्रमितहरू खुलेर नहिँडाैँ । परिवारलाई बचाउँ । गाह्राे परे अस्पतालमा सम्पर्क गराैँ । पैसाले सबैकुरा पाइन्छ भन्ने नसाेचाैँ । पैसाले क्षणिक सुख दिने मात्र हाे झन याे काेराेना कहरमा त खान पुगाेस्, सामग्री किन्न पुगाेस भनेर घरमै बसाैँ । पैसा धेरै हुनेलाई पनि अहिले आच्छुआच्छु छ, उनीहरूले पनि ज्यान गुमाएका छन् । यसकारण सम्यम बनाैँ । निषेधाज्ञा खुलेकाे समयमा वा लकडाउन सकिएपछि काेराेना छैन भनेर छाति खाेलेर नहिँडाैँ । सावधानी पाइला पाइलामा जरूरी छ । मर्का परेका क्षेत्र र वर्गमा राहत पुर्याउन याेपटक चाहिँ नविर्षाैँ सरकार ।

याे विषम अवस्थामा थप कमाउन खाेज्ने र अत्यावश्यकीय क्षेत्रमा काम गर्नेहरूले विशेष सावधानी अपनाउन नविर्साैँ, सहरमा उदार घरबेटीले सहुलियत दिने याे समयमा क्रूर नबनाैँ । नसके नराम्राे व्यवहार नदेखाउँ ।

निषेधाज्ञा सहरमा लगाउँदा राेग गाउँ पुर्याएकाे कुरालाई मनन गराैँ, सावधानी अपनाएर निराेगी भएमात्र क्रियाकलापमा सामेल हाेउँ । चेन ब्रेकलाई पालना गराैँ ।

यसकारण जाे जहाँ छाैँ सुरक्षित रहाैँ भन्नुबाहेक कसैसँग अर्काे सूझाव देखिँदैन । स्वास्थ्य मापदण्ड पालना गराैँ, ज्यान बचे अरूकुरा पछिपनि गर्न सकिन्छ । गाउँलाई सहर बनाउन सकिन्छ र सहरलाई थप व्यवस्थित बनाउनपनि सकिन्छ तर ज्यान गए के बनाउने ?

गाउँ सहर डेस्क

तपाईँको मत