अर्थतन्त्र

बुधबारकाे शेयरबजारबाट कमाउनेभन्दा गुमाउने धेरै

काठमाडाैं । बुधबार नेप्से परिसूचकमा बुधबार गिरावट देखिएको छ । मंगलबार भने ९२ अंकले बढेकाे नेप्सेमा बुधबार १३.७९ अंकले घटेर २५८५.२८ अंकमा झरेको छ ।

यस दिन २१५ वटा कम्पनीको ८९ लाख ६५ हजार ५८८ कित्ता शेयर खरिदबिक्री भएर ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यो दिन ५० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिनको कारोबारमा सबैभन्दा बढी कमाउने कम्पनीमा महिला लघुवित्त, बिशाल बजार कम्पनी, सिंगटी हाइड्रो, नेपाल हाइड्रो डेभलपर्स र नारायणी डेभलपमेन्ट कम्पनी छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, राइराङ हाइड्रोे डेभलपमेन्ट, सिन्धु विकास बैंक र नेशनल हाइड्रो पावर कम्पनी छन् ।

यो दिनको कारोबारमा उपसमूहतर्फ म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र ट्रेडिङको बाहेक सबै घटेको छ ।

बुधबार कारोबारमा आएका १३ उपसमुह मध्ये तीनको सूचक सकारात्मक देखिएका छन् भने १० उपसमुहको सूचक सकारात्मक रहेका छन् ।

व्यापार, उत्पादन तथा प्रशोधन र अन्य उपसमुहको सूचक सकारात्मक देखिएको हो । त्यसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सर्वाधिक ०.९८ प्रतिशतले बढेको छ । यस्तै अन्य उपसमुहको सूचक ०.९० प्रतिशत र व्यापार समुहको सूचक ०.२५ प्रतिशतले बढेको छ । यता फाइनान्स उपसमुहको सूचक सर्वाधिक १.२४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन एनसीसी बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको २८ करोड २९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यस्तै अपर तामाकोशीको १६ करोड ९७ लाख, एचआईडिसीएलको १४ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत