अर्थतन्त्र

गाेर्खाज फाइनान्सकाे वार्षिक साधारणसभा स्थगित

काठमाडाैं । गाेर्खाज फाइनान्स लिमिटेडकाे वार्षिक साधारणसभा स्थगित भएकाे छ । वैशाख २१ गतेका लागि ताेकिएकाे २६ औं वार्षिक साधारणसभा काेभिड -१९ काे नयाँ भेरियन्ट देखापरेपछि संक्रमण बढेकाे भन्दै सरकारले एक साताका लागि जारी गरेकाे निषेधाज्ञाका कारण स्थतगित गरिएकाे फाइनान्सले जनाएकाे छ । 

फाइनान्सले बुधबार सूचना प्रकाशित गर्दै वैशाख १५ गते (आज) बसेकाे संचालक समितिकाे बैठककाे निर्णयअनुसार काठमाडाैं जिल्ला प्रशासन कार्यालयबाट वैशाख १६ देखि २२ गतेसम्म निषेधज्ञा जारी गरेकाे हुनाले गत वैशाख ५ गतेसम्म कायम शेयरधनीहरूकाे सभामा भाग लिन र मतदान गर्नसक्ने अधिकारलाई यथावत राखि अर्काे सूचना प्रकाशित नहुन्जेलसम्मका लागि वैशाख २१ गतेकाे लागि ताेकिएकाे वार्षिक साधारसभा स्थतिग गरिएकाे जनाएकाे छ । 

फाइनान्सले वार्षिक साधारणसभा स्थगित गरेकाे सूचना नेपाल राष्ट्र बैंक, धिताेपत्र बाेर्डलाई पनि जानकारी गराएकाे छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत