प्रेरणा

यी तानाशाह जसको मृत्यु हुँदा उनलाई मार्नेपनि रोए

समाजवादी अभियन्ता पछि गएर तानाशाह बने

सद्दाम हुसेन । नाम नै काफी छ । आतंक यतिसम्म कि अमेरिका पनि एक समय डराएको थियो । इराकका तानशाह राष्ट्रपति रहेका उनले यस्तो छवि बनाएका थिए कि केहि मानिसको लागि उनी मसीहा (मृतकलाई जीवित र रोगीलाई स्वस्थ गर्ने व्यक्ति) थिए । उनको एक छोरा थिए, जबकि दुनियाँको ठूलो जनसँख्याको लागि उनी एक बर्बर तानाशाह थिए । उनले आफ्नो हत्याको रचना गर्नेलाई बदला लिनको लागि इराकको शहर दुजैलमा सन् १९८२ मा नरसंहार गरे र १४८ जनाको हत्या गरे । यहि घटनालाई लिएर ५ नोभेम्बर २००६ मा मृत्युदण्ड सुनाइयो र ३० डिसेम्बर २००६ मा उनलाई फाँसी दिइयो ।

आज उनै तानाशाह सद्दाम हुसेनको जन्मदिन हो । बागदाद उत्तर एक गाउँमा २८ अप्रिल १९३७ मा जन्मिएका थिए उनी ।  बागदादमा बसेर उनले कानून पढेका थिए । सन् १९५७ मा बाथ पार्टीको सदस्यता लिए, जुन अरब राष्ट्रवादको समाजवादी अभियान चलाइरहेको थियो । सन् १९६२ मा यहि अभियान सैन्य विद्रोहको कारण बन्यो । ब्रिगेडियर अब्दुल करीम कासिमले सत्तमा कब्जा जमाए । सद्दाम पनि यसमै सामेल थिए । सन् १९६८ मा विद्रोह भयो, तब ३१ वर्षका सद्दामले जनरल अहमद हसन अल बक्रसँग मिलेर सत्तामा कब्जा गरे । यसमा सद्दामको ठूलो भूमिका थियो । विस्तारै विस्तारै सद्दामको तागत बढ्दै गयो र सन् १९७९ मा उनी आफैँ राष्ट्रपति बने । उनले शिया आन्दोलनलाई दबाए । अमेरिकाको विरोध गरे । भनिन्छ सद्दाम तानाशाहको कारण इराकमा करिब अढाई लाख मानिस मरे । सद्दामले सन् १९८० मा इरानसँग युद्ध सुरु गरे जुन ८ वर्षसम्म चल्यो ।

२००३ मा अमेरिका—ब्रिटेनले इराकमा जैविक हतियार राखेको आरोप लगाए, जसको उसले खण्डन गर्यो । अमेरिका र ब्रिटेनको नेतृत्वमा संयुक्त सेनाले इराकमा हमला गर्यो र अप्रिल २००३ मा सद्दाम हुसेनलाई सत्ताबाट हटाए । सद्दाम भूमिगत हुनुपर्यो । उनको खोजीमा अपरेशन रेड डन शुरु भयो । १३ डिसेम्बर २००३ मा सेनाले सद्दामलाई पक्रन सफल बन्यो ।

जसको भाग्य देखेर हिटलरले आत्महत्या गरे

२९ जुलाई १८८३ मा इटलीमा बेनिटो मुसोलिनी जन्मिएका थिए । उनका बुवा सामाजिक कार्यकर्ता र आमा शिक्षिका थिइन । आफैँ मुसोलिनी पनि १८ वर्षमा शिक्षक भएका थिए । तर सेनामा भर्ना भइने डरले उनी स्वीटजरल्याण्ड भागेका थिए । पछि फर्किएर पत्रकार बने । सन् १८१४ को विश्व युद्धको समयमा ब्रिटेन र फ्रान्सलाई साथ दिन पैरवी गरे । यहि कारण उनलाई सोशलिस्ट पार्टीले निकालिदियो । त्यसपछि उनले १९१९ मा नयाँ राजनीतिक पार्टी ‘फासी—दि— कंबात्तिमेंती’ बनाए ।

मुसोयिलनीको भाषण कला अद्भूत थियो । यहि भएरपनि अक्टूबर १९२२ मा ३० हजार मानिसलाई साथमा लिएर तत्कालिन प्रधानमन्त्रीको राजीनामा माग रोममा चढाएका थिए । सेनाले पनि मुसोलिनीलाई रोक्न सकेन । प्रधानमन्त्रीले मुसोलिनीलाई सत्ता सूम्पे र ज्यान बचाए । अप्रिल १९४५ मा दोस्रो विश्वयुद्ध सकिने समय थियो । सोभियत संघ र पोल्याण्डका सेनाले बर्लिनमा कब्जा गरे । पक्रिइने डरले मुसोलिनी आफ्नो गर्लफ्रेन्ड क्लारेटा र बाँकी १६ साथीसँग स्वीटजरल्याण्ड भागे, तर विद्रोहीले उनीहरुलाई पक्रिए र सबैलाई गोली हानेर मारिदिए ।

त्यसकाे भोलिपल्ट अर्थात २९ अप्रिलमा सबै शवलाई इटलीको मिलान शहरमा ल्याइयो । शवमा जनताले बर्बर व्यवहार गरे । शवमा गोली हानियो, लाश पल्टाइयो, यतिसम्म कि पिसाव गरियो । भनिन्छ, मुसोलिनीको यो अन्त्य देखेर हिटलरलाई लाग्यो कि उनीसँग पनि जनताले यस्तै तरिकाको व्यवहार गर्नेछन् । यसैकारण अर्को दिन हिटलरले आत्महत्या गरे ।

गाउँ सहर डेस्क

तपाईँको मत