एशियाली विकास बैंककाे प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत
- गाउँ सहर संवाददाता
- १५ बैशाख बुधबार, २०७८ | १४:०५:०० मा प्रकाशित
काठमाडौं । एशियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
गत आर्थिक वर्षमा १.९ प्रतिशत नकारात्मक रहेको आर्थिक वृद्धिदर चालु आवमा ३.१ प्रतिशत र २०७९/८० मा ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
बैंकले आज जारी गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको केही सुधार र रोगको फैलावटले त्यसलाई पुनः प्रभावित तुल्याउने जोखिम बढेकाले प्रक्षेपण गरिएको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ ।
बैंकले कृषि क्षेत्रको वृद्धिदर २.४ प्रतिशतले बढ्ने र मौसम अनुकुल भएकाले धान उत्पादन १.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । त्यसैगरी उत्पादनमूलक र सेवामूलक क्षेत्र लकडाउन खुलेयता बिस्तारै चलायमान भएको उल्लेख गरेको छ । साथै उद्योग, ठूला, साना तथा मध्यम खालको उद्यमशिलतालाई असर पुर्याएको एडीबीले उल्लेख गरेको छ ।
लकडाउनपछि निर्माणको काममा आएको बढोत्तरी, ठूला आयोजनाको निर्माण सम्पन्न हुँदै गर्दा यसले अर्थतन्त्र रिकभरीमा सहयोग पुगेको बताएको छ । माथिल्लो तामाकोसी हाइड्रोपावर पहिलो चरणको उत्पादन शुरु हुने र मेलम्ची खानेपानीको वितरण शुरु भइसकेकाले निर्माण क्षेत्रमा २.५ प्रतिशतले वृद्धि हुने समेत अपेक्षा गरिएको छ ।
त्यसैगरी सेवामूलक क्षेत्र ३.४ प्रतिशतले बढ्नुका साथै हस्पिटालिटी, ट्राभल एण्ड टुरिजम क्षेत्र रिकभर हुन केही समय लाग्ने समेत एडीबीको भनाइ छ ।
धानको उत्पादन वृद्धि हुने अपेक्षा गरिएकाले कृषि उत्पादकत्व २.४ प्रतिशतले बढ्ने तथा औद्योगिक क्षेत्रको वृद्धि २.५ प्रतिशत र सेवा क्षेत्रको बढोत्तरी ३.४ प्रतिशतले हुने अनुमान पनि बैंकले गरेको छ ।
चालु आवमा मूल्यवृद्धि ५ प्रतिशतमा रहनेसमेत उल्लेख छ । सन् २०२० मा मूल्यवृद्धि ६.२ प्रतिशत थियो । एडीबीले सन् २०२२ मा नेपालको जीडीपी ग्रोथ ५.१ प्रतिशतले हुने समेत प्रक्षेपण गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
प्रतिकृया दिनुहोस