कोरोना संक्रमितमध्ये आइसियूमा ३१७ र भेन्टिलेटरमा ९७ जनाको उपचार हुँदै, ४ हजार ८९७ थपिए
- गाउँ सहर संवाददाता
- १५ बैशाख बुधबार, २०७८ | १६:३८:०० मा प्रकाशित
काठमाडौँ । पछिल्लो २४ घण्टाको कोरोना मिटरले कोरोना संक्रमितमध्ये ३१७ जनाको आइसियूमा र ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार २०२ आइसियू र ४८७ भेन्टिलेटर चालू अवस्थामा छन् ।
अस्पतालमा गम्भीर विरामीको संख्या बढ्दै जाँदा बेड पाउन मुस्किल हुँदै गएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ८७९ को पिसिआर र ९५५ को एन्टिजेन चेक हुँदा पिसिआरबाट ४ हजार ७७४ र एन्टिजेन विधिबाट १२३ कोरोना संक्रमित देखिएका छन् ।
दुबै विधि गरेर पछिल्लो २४ घण्टामा मात्र ४ हजार ८९७ जना नयाँ संक्रमित थपिएका छन् ।
भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १ हजार ४६४ गरी उपत्यकामा मात्र २ हजार ४७ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या ७७३ छ ।
देशभर अहिले ३० हजार २०९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
विभिन्न स्थानीय तहले निषेधाज्ञा जारी गरेसंगै कोरोनाको चेन ब्रेक हुने आशा गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस