निर्माण

गण्डकी विश्वविद्यालयको शैक्षिक भवन शिलान्यास

पोखरा । गण्डकी प्रदेश सरकार र भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा पोखरा महानगरपालिका वडा नंं ३२, मालमुलको स्यालतहरामा गण्डकी विश्वविद्यालय प्रिफेब्रिकेटेड भवनको  शिलान्यास भएको छ ।

पोखरा महानगरपालिका प्रमुख (मेयर) मानवहादुर जिसीले समारोहकाबीच गण्डकी विश्वविद्यालयको प्रशासनिक भवनको शिलान्यास गर्दै विश्वविद्यालयको स्थापनाले आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र व्यवहारिक शिक्षा थलोकोको रुपमा विकास हुने अपेक्षा गरे ।

गण्डकी प्रदेशकै आवश्यकता अनुसारका विषयवस्तुमा अध्ययनअध्यापन हुने र यस क्षेत्रका वासिन्दाहरुले पवित्र कार्यको निम्ति, ज्ञानको उत्पादन र देशकै निमार्णको लागि दिएको जग्गा दानले यस क्षेत्र र देशकै  विकास हुने कुरामा ढुक्क हुन स्थानीयलाई आग्रह समेत  गरे ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ्गले स्थानीय वासीलाई धन्यवाद दिँदै  विश्वविद्यालयको  प्रशासनिक भवन, शैक्षिक भवन, प्रयोगशाला भवन, क्याटिन्टन (चमेना गृह) पुस्तकालय भवन कम्पाउण्ड गार्ड हाउस आदि यसै आर्थिक वर्षमा सम्पन्न गर्ने उद्देश्यका साथ अगाडि बढेका बताए ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका प्रमुख डा. गिरीधरी शर्मा पौडेल,गण्डकी विश्वविद्यालयका उप–कुलपति प्रा.डा.नवराज देवकोटा, पोखरा महानगरपालिका वडा नंं ३२ का वडा अध्यक्ष अक्कलवहादुर कार्की, वडा सदस्य विष्णु तिवारी, खानी निर्माण सेवा प्रा.लि.का ठेकेदार विदुर गौतम लगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन गण्डकी विश्वविद्यालयका प्रशासकीय प्रमुख घनश्याम पौडेलले गरेका थिए ।

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, शहरी विकास तथा भवन कार्यालय कास्कीको लागत ईष्टिमेट रकम  रु. ९४८,२५,८०६/६७ र सम्झौता रकम रु. ६,७४,०३,३३८/२५ मा निर्माण व्यवसायी खानी निर्माण सेवा प्रा.लि.लाई २०७८ माघ १५ गते सम्म सम्पन्न गर्ने लक्ष्म राखेको छ ।

गण्डकी विश्वविद्यालय करिब ७४ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत