गाउँ सहर

रोल्पामा आगलागीबाट २६ घरसहित पाँच गोठ जलेर नष्ट, चाैपायाकाे पनि जलेर मृत्यु

राेल्पा । रोल्पामा आगलागीका कारण २६ घरसहित पाँच गोठ जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार त्रिवेणी गाउँपालिका वडा नम्बर २ को कापडाँडा गाउँका १९, बर्तिबाङ गाउँका ६ र सानो चेत्रे गाउँका ६ गरी ३१ घर गोठ जलेर नष्ट  भएका हुन् । आगलागीबाट २६ घर जलेको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले बताए । आगलागीमा २० वटा बाख्रा, १३ वटा गाई जलेर मरेका छन् । यस्तै, तीन दिनदेखि पिराले, धानबाङ, रामपुर, प्युरी लगायका गाउँका जंगलमा पनि आगलागी भइरहेको छ ।

तीन दिनमा त्रिवेणी गाउँपालिका वडा नम्बर २ का २/३ वटा गाउँ बाहेक सबै जस्तो क्षेत्रमा आगलागी भएको छ । तीन दिनदेखि लागेको आगो निभाउन स्थानीयबासिन्दा र सुरक्षाकर्मीहरु खटिए पनि अझै आगो नियन्त्रणमा आउन सकेको छैन् । रातभर स्थानीयबासिन्दालाई आफ्ना सरसामान बाहिर निकालेर सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको रोल्पाका प्रहरी प्रमुख डीएसपी सुवेदीले बताए ।

हावाहुरीका कारण आगो नियन्त्रणका लागि कठिनाइ भएको प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत