अर्थतन्त्र

गाेर्खाज फाइनान्सकाे अधिकांश सूचकमा उत्साहजन बृद्धि, यस्ताे छ वित्तिय विवरण

काठमाडौं । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासकाे विवरण अनुसार अधिकांश सूचांकमा उल्लेखनीय बृद्धि देखिएकाे छ । 

बुधबार सार्वजनिक वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सकाे खुद नाफा ३६६.६७ प्रतिशतले बढेको छ । गत वर्षको चैत मसान्तमा ७ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाले चालु आवको सोही अवधिमा २७ करोड ३७ लाख रुपैयाँ कमाएको छ ।

यस अवधिमा फाइनान्सले ५८ करोड ११ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी र ३९ करोड १० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । जुन गत वर्षको तुलनामा बढी हो ।

चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको फाईनान्सको जगेडा कोषमा ७८ करोड ५१ लाख रुपैयाँ छ । समिक्षा अवधिमा फाइनान्सले ७ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यसै अवधिमा फाइनान्सले ६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

फाइनान्सको खराब कर्जा ४.८७ प्रतिशतबाट घटेर ३.७४ प्रतिशतमा झरेको छ । सीडी रेसियो घटेर ७३.११ प्रतिशतमा झरेको छ । त्यस्तै, बेस रेट र स्प्रेड रेट घटेर क्रमशः ९.५२ प्रतिशत र ४.७५ प्रतिशतमा झरेको छ ।

फाइनान्सको प्रतिसेयर आम्दानी बढेर ४२.०५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १९५.२७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.१३ गुणा रहेको छ ।

यस्ताे छ वित्तिय विवरण

गाउँ सहर संवाददाता

तपाईँको मत