एनएसएल फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदै
- गाउँ सहर संवाददाता
- १५ बैशाख बुधबार, २०७८ | ०९:११:०० मा प्रकाशित
काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चितवन एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ । चितवन र बुटवलबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
भरत खवासको कप्तानीमा रहेको चितवन आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा चितवनले ललितपुर सिटी एफसीसँग १-१ गोलको बराबरी खेलेको थियो ।
यता, बुटवल भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । विशाल श्रेष्ठको कप्तानीमा रहेको बुटवलले पहिलो खेलमा पोखरा थन्डर्सलाई २-० ले हराएको थियो ।
यस्तै दोस्रो खेलमा विराटनगर एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ ।
विराटनगर र पोखराबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
रंजित धिमालको कप्तानीमा रहेको विराटनगर लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा विराटनगरले धनगढी एफसीलाई ३-० ले हराएको थियो ।
नवयुग श्रेष्ठको कप्तानीमा रहेको पोखरा भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा पोखरा बुटवल लुम्बिनीसँग पराजित भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
प्रतिकृया दिनुहोस