राजनीति

कांग्रेस केन्द्रीय सदस्यहरूकाे पीसीआर रिपोर्ट नेगेटिभ आएपछि आज बैठक बस्दै

काठमाडौं । पीसीआर परीक्षण गराएका कांग्रेस नेताहरुमा रिपोर्ट नेगेटिभ आएपछि आज केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक दिउसो २ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा १४ औं महाधिवेशन, पार्टी समायोजन, क्रियाशील सदस्यता तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने पौडेलले बताए । 

कांग्रेसले चैत २० गते वैकल्पिक सत्ता गठबन्धनका लागि अग्रसरता लिने निर्णय गरेको थियो ।  चैत २७ गते कांग्रेस सभापति शेरबहादुर देउवाले तीनदलीय बैठक राखे पनि त्यसयता उनले खासै प्रयास गरेका छैनन् । पार्टी सभापतिले आवश्यक पहल गर्न नसकेको भन्दै कांग्रेस नेताहरुले नै आलोचना गर्दै आएका छन् ।  

गाउँ सहर संवाददाता

तपाईँको मत