स्वास्थ्य

पछिल्लाे २४ घण्टामा धेरै काेराेना संक्रमित र मृत्यु हुने देशमा भारत, यी हुन् उच्च संक्रमित भएका दश मुलुक

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसले सताइरहेकाे छ । विश्वभर हाल १ कराेड ९१ लाख ९६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । संक्रमितमध्ये निको हुनेको संख्या १२ करोड ६९ लाख ७० हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १४ करोड ९३ लाख १५ हजार नाघेको छ भने मृतकको संख्या ३१ लाख ४८ हजार २२ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ११ हजार ६२ जनाको अवस्था गम्भीर छ । 

पछिल्लाे २४ घण्टामा सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भारतमा भएका छन् । भारतमा ३ लाख ६२ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार २ सय ८५ जनाकाे मृत्यु भएकाे छ । यससँगै भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ७९ लाख ८८ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये २ लाख १ हजार १६५ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ४८ लाख ७ हजार जना निको भएका छन् । सक्रिय केस २९ लाख ७९ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड २९ लाख २७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ८७ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ५५ लाख २१ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख १७ हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ४४ लाख ४६ हजार जना संक्रमितमध्ये १ कराेड २९ लाख ९२ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ९५ हजारभन्दा बढी छन् । हाल १० लाख ५८ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित ३ लाख ७ हजार ९२५ जना पुगेका छन् भने २ लाख ७८ हजार ५०६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार १९४ पुगेको छ भने २६ हजार २२५ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत