प्रेरणा

“जस्तो अन्न त्यस्तै मन, जस्तो मन त्यस्तै तन”

मानिसको दिमागमा सकारात्मक र नकारात्मक दुवै विचार आउँछन् । जो मानिसले नकारात्मक कुरालाई सकारात्मकमा परिवर्तन गर्छन् उनीहरुले जीवनमा उन्नति, प्रगति गर्छन् । जो मानिसले जीवनमा नकारात्मक भावनालाई हावी हुन दिन्छन्, उनीहरुलाई विभिन्न मानसिक तथा शारीरिक रोगले आक्रमण गर्छन् ।

नकारात्मक सोचाइले वरिपरिको वातावरण नै नकारात्मक बनाउँछ । नकारात्मक सोच्ने व्यक्तिले सकारात्मक कुरालाई पनि नकारात्मक तरिकाले हेर्ने गर्छन् । नकारात्मक सोचले गर्दा विभिन्न खालका मानसिक समस्या उत्पन्न हुनुका साथै दिर्घरोग बढाउँछ ।

एउटा नेपालीमा उत्ति छ ,”जस्तो अन्न त्यस्तै मन । जस्तो मन त्यस्तै तन ।” यसबाट के प्रष्ट हुन्छ भने हामीले खाएको खाना जस्तो छ । हाम्रो विचार वा मन पनि त्यस्तै हुन्छ ।  हाम्रो विचार जस्तो बन्छ । त्यहि अनुरुपको शरीर बन्छ । खप्पतड बाबाले भनेका छन् -“विचार बाण सरह हुन्छ ।”

त्यसैले हाम्रो मनमा हरपल सकारात्मक सोचाई मात्र ल्याउनुपर्दछ । सकारात्मक सोचाईको फतिफल पनि सकारात्मक नै हुन्छ । नकारात्मक सोचाइको प्रतिफल नकारात्मक नै हुन्छ ।

नकारात्मक सोचका लक्षण  
मन खिन्न हुने, उदास हुने, नरमाइलो लाग्ने, रमाइलो कुरामा खासै रुचि नहुने, आफूले जीवनमा केही गर्न सक्दिनँ भन्ने सोच्ने, जीवन व्यर्थ लाग्ने व्यक्तिलाई डिप्रेसन निम्तिने गर्छ। अरुले के भन्लान्, मेरो कुरा काट्दै छन् कि भनेर शंका गर्ने, मलाई मार्ने षड्यन्त्र रचेका छन् कि भन्ने शंका गर्ने नकारात्मक सोचाइ हुन्। यस्ता सोचाइले मान्छेलाई हिंस्रक बनाउँछ।

मन आत्तिने, अग्लो ठाउँमा जान डराउने, लिफ्ट चड्न डराउने, लिफ्ट चढ्दा श्वास थुनिएको जस्तो हुने, बन्द कोठामा बस्न डराउने नकारात्मक सोचका परिणाम हुन्। पटकपटक हातखुट्टा धुने, नुहाउने, कोठा सफा गरेकोग¥यै गर्ने पनि नकारात्मक सोच कारणले हुने समस्या हुन्। यस्ता समस्यालाई समयमै नियन्त्रण गरिएन भने ओसिडी निम्त्याउने गर्छ।  

नकारात्मक भावनाको विकास हुनुमा अरूलाई दोष दिनुभन्दा पनि आफ्नो मनलाई नियन्त्रण गर्न सक्नुपर्छ। नकारात्मक सोचाइ र विचारलाई सकारात्मकमा परिवर्तन गर्न सकियो भने जीवनमा सफलता हासिल गर्न सकिन्छ। सकारात्मक सोचले केही गर्ने ऊर्जा प्रदान गर्छ भने नकारात्मक सोचले जीवनमा निराशा प्रदान गर्नुका साथै असफलता निम्त्याउँछ र जीवनमा आउने ऊर्जालाई नष्ट गरिदिन्छ । 

सकारात्मक हुन निम्न कुराहरुमा ध्यान दिनुपर्दछ:
– स्वास्थ्यमा ध्यान दिने । नियमित व्यायाम गर्ने । विहानको चिसो हावामा हिड्ने आदि ।
– विहानको समयमा एक घण्टा व्यवसाय,नोकरी अन्य कुनै पनि कुराको बारेमा नसोच्ने ।अर्थात दिमागलाई शान्त बनाउने ।
– खानपानमा ध्यान दिने । ज्यादै धेरै र ज्यादा कम भन्दा पटक पटक थोरै खाईरहने । पानीको मात्रा मिलाएर पिउने ।
– स–सान काम गर्दा पनि त्यो कामसँग आनन्द लिने ।
– कसैको इष्र्या र डाहा नगर्ने ।
– आफ्नो काममा नै मस्त हुने ।
– बढि महत्वकांक्षी नहुने ।
– आफ्नो क्षमताको आधारमा बाँच्न सिक्ने।
– देखासिखिमा आफ्ना आवश्यकता नबढाउने ।
– आफुसँग भएका र रहेका चिजबाट थप केही सिर्जन गर्ने ।

गाउँ सहर डेस्क

तपाईँको मत