स्वास्थ्य

कोरोना २४ घण्टा : कहाँ-कति-कुन उमेर समूहका संक्रमित थपिए ?

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका सहित कुल मृतको संख्या ३ हजार १९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन टेस्ट १५ हजार ६८१ गर्दा दुबै गरेर ४ हजार ५२४ जना नयाँ संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमा ०—९ वर्ष उमेर समूहका १०२ जना, १०—१९ उमेर समूहका २८२, २०—२९ का १ हजार १२६, ३०—३९ उमेर समूहका १ हजार ११५, ४०—४९ का ७९५, ५०—५९ उमेरका ५२५, ६०—६९ उमेर समूहका २४०, ७०—७९ उमेरका १०३, ८०—८९ उमेर समूहका ३३ जना, ९०—१०० का १ जना र अज्ञात ४२ रहेका छन् ।

 

पछिल्लो २४ घण्टाको तथ्यांकले पनि २०—२९ उमेर समूह उच्च जोखिममा देखिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत