स्वास्थ्य

कोरोनाबाट थप १८ जनाको मृत्यु, निको भए ५५५, सक्रिय संक्रमित २६ हजार २२५

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका सहित कुल मृतको संख्या ३ हजार १९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा नयाँ ४ हजार ३६४ संक्रमित (पिसिआर टेस्ट) बाट थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । यस्तै निको हुने ५५५ सहित कुल डिस्चार्ज हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ । 

अहिले देशमा सक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको छ । 

देशमा आजसम्म पिसिआर गर्नेको संख्या २४ लाख ३२ हजार ८९ पुगेको छ । देशमा  २६ हवा २२५ जना आइसोलेशन र ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत