स्वास्थ्य

विश्वमा काेराेना अवस्था : ३२ लाख बढिकाे मृत्यु, एक लाख ११ हजार जना गम्भिर, यस्ताे छ नेपालसहित दश देशकाे अवस्था

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसले सताइरहेकाे छ । विश्वभर हाल १ कराेड ९२ लाख २३ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । संक्रमितमध्ये निको हुनेको संख्या १२ करोड ६१ लाख ९ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १४ करोड ८४ लाख ६६ हजार नाघेको छ भने मृतकको संख्या ३२ लाख ३३ हजार २१५ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ११ हजार ८२ जनाको अवस्था गम्भीर छ । 

पछिल्लाे २४ घण्टामा सबैभन्दा धेरै काेराेना संक्रमित भारतमा भएका छन् । भारतमा ३ लाख १९ हजार ४३५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ७६ लाख २५ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ९७ हजार ८८० जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ४५ लाख ४५ हजार ८१ जना निको भएका छन् । सक्रिय केस २८ लाख ८२ हजार ५१३ जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड २८ लाख ७२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ८६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ५४ लाख ६९ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख १६ हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ४३ लाख ७० हजार जना संक्रमितमध्ये १ कराेड २८ लाख ७९ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ९२ हजारभन्दा बढी छन् । हाल १० लाख ९९ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित ३ लाख ३ हजार ५६१ जना पुगेका छन् भने २ लाख ७७ हजार ९५१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार १७६ पुगेको छ भने २२ हजार ४३४ जना उपचाररत छन्  ।

 

गाउँ सहर डेस्क

तपाईँको मत