गाउँ सहर

विदेशी मिडियाले भने - भारतीय प्रधानमन्त्री मोदीको ‘ओभर कन्फिडेन्स’ ले अवस्था बिग्रीयो

हाम्रा ‘बा’ पनि विदेशी कमेन्ट कुर्दै हुन् ?

काठमाडाैँ । भारतमा कोरोनाको दोस्रो लहरबाट पूरै उमात्र त्राहिमाम छैन, छिमेकी देशहरु थप जोखिम मोलिरहेका छन् । कोरोनाको लागि विशिष्ट चिकित्सा सेवाको कुरा त छाड्नुहोस्, संक्रमितलाई अस्पतालको बेड, अक्सिजन र जरुरी औषधिको लागि अनेक तिकडमबाज गर्नुपरेको छ । कोरोनाले ज्यान त लिएको छ नै तर घाट र कब्रस्थानमा पनि स्थान पाउनको लागि लडाई गर्नुपरेको छ । 

यसै सन्दर्भमा विदेशी मिडियाले मोदी सरकारलाई कसरी हेरेका छन् हेरौँ ।

उनीहरूले भारतमा लकडाउन र निषेधाज्ञा चाँडै हटाउनु, चुनावी र्याली, कुम्भ मेला, गाेष्ठी सेमिनार, माेदीकाे ‘ओभर कन्फिडेन्स, ‘वर्ल्ड फार्मेसी’ घाेषित गर्नु जबकी एक प्रतिशतमा पनि काेराेना खाेप पुगेकाे छैन । सरकारकाे गलत फैसला, नजरअन्दाज, टेस्टिङ घटाएकाे, अस्पतालकाे सुविधा नबढाएकाे र हेलचेक्राइँ बढाएकाे उल्लेख गरी माेदीकाे कारण अवस्था बिग्रीएकाे बताएका छन् ।

अस्ट्रेलियन फाइनान्सियल रिभ्यूले प्रधानमन्त्री मोदीको यो कार्टुन छापेको छः

वाशिंगटन पोस्टले यो समाचार लेखेको छः

द गार्जियन, ब्रिटेनले लेखेको छः

द न्यूयोर्क टाइम्स लेख्छः

टाइम म्यागेजिनले लेखेको छः

बीबीसी लेख्छः

भारतीय माेदीकाे नजिक रहँदै र उनकै शैली अपनाएका हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली हरतरहले उनकै शैलीमा उत्रिएका छन् । अब कुन दिन विदेशी अखबार र मिडियाले लेखेकाे कन्टेन्ट पढ्ने मुडमा उनी पूगेजस्ताे देखिएकाे छ ।

किनकी काेराेनाकाे दाेस्राे लहरले देशलाई गाँजिरहेकाे बेला उनीपनि चुनाव, गाेष्ठी, उद्घाटन र पार्टी अनि गुटका भेला गर्न व्यस्त छन् । अम्बाकाे पातलाई प्रवर्द्धन गरिरहेका छन् । अस्पतालमा अक्सिजन र उपकरण अनि हतियारकाे अवस्थामा उनी चुकेका छन् । माफियाकाे चंगूलमा उनी फँसेका छन् र हरेक कुरामा ढिलाइ गरिरहेका छन् । राहतमा चुकेका छन् उपचारकाे त कुरै छाडाैँ ।

यहि पारा प्रम र निकायकाे हुने हाे भने हाम्रा ‘बा’ पनि निकट दिनमा विदेशी मिडियामा छाउने पक्का छ । अति छिमेकमा त उनी याेभन्दा पहिले नै छाइसकेकै हुन् । यसकारण समय हुँदै सुध्रने माैका ‘बा’ ले चुकाउनुहुन्न, हाम्राे आशा यत्ति नै हाे ।

गाउँ सहर डेस्क

तपाईँको मत