वातावरण

काेराेना बढिरहेकाे बेला मंगलबारकाे माैसम कस्ताे छ ?

काठमाडाैँ । काेराेनाले उग्र रूप लिइरहेकाे बेला २०७८ बैशाख १४ गते (मंगलबार) आज दिउँसो प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महशाखाले जनाएकाे छ ।

महाशाखाकानुसार राति देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत