दृष्‍टिकोण

न सीमा नाका बन्द न तयारी, काेराेनाले डढेलाेकाे रूप लिँदै

काठमाडाैँ । बाँकेकाे नेपालगञ्जकाे चित्कारले जनता जागेपनि सरकार अझै जागेकाे छैन । भारतकाे कहालीलाग्दाे दृश्य अगाडि हुँदापनि न सीमा बन्द गरिएका छन् न सवारीसाधन न हवाइ नै । काेराेना डढेलाेसरी अगाडि देखिँदापनि सरकारकाे तयारी उपनिर्वाचन र पार्टीका भाेजमा अल्झिएका छन् ।

काेराेना राेकथामभन्दा धरहरा उद्घाटन गर्न भीड जम्मा पार्नमा सरकार व्यस्त छ । हिजैमात्र २८ जनाकाे काेराेनाका कारण ज्यान गएकाे छ । केहि ठाउँमा लकडाउनबाहेक सरकारले स्थानीय सरकारकाे अधिनमा सम्पूर्ण कुरा सुम्पेकाे छ । 

पछिल्लो २४ घण्टामा ३ हजार १२२ जना नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ३ लाख ११९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ४५० छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७७ हजार ५७३ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशमा सक्रिय केश १९ हजार ३८२ रहेको छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ६९ छ । गत २४ घण्टामा ९ हजार २ सय ९२ पीसीआर तथा ७८६ एन्टिजेन परीक्षण भएको छ ।

सरकारले पूर्ण लकडाउन गर्ने क्षमता न अगाडि राख्न सक्याे न अहिले नै सक्छ । महामारीकाे व्यवस्थापनका विविध पक्षहरूमा चुकेकाे सरकारले उहिले नै हात उठाइसकेकाे सर्वविधितै छ, लुकाएर लुक्दैन । क्वारेन्टाइन भत्काइहाल्याैँ, जतिमात्रामा उपकरण र व्यवस्था अस्पतालमा भर्नुपर्ने थियाे भरेनाैँ अनि अम्बाकाे पातमा अड्कियाैँ र अहिलेकाे विषम अवस्था बाेलावट गर्याैँ । 

तराईका सम्पूर्ण जिल्ला अति जाेखिममा छन् । यातायात राेकिएकाे छैन, चेन ब्रेक छैन यहि भएर पनि तराई सँगै पहाड र हिमालमा संक्रमण ह्वात्तै बढेकाे छ । कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण भारतमा अवस्था भयावह बन्दै जाँदा साना नाका तथा चोर बाटोहरुबाट भइरहेको सुरक्षा मापदण्ड विपरीतको ओहोर दोहोरले संक्रमणको जोखिम उच्च बनाएको छ नेपालतर्फ पनि ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै काठमाडौँ, भक्तपुर, ललितपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, रुपन्देही, कास्की, चितवन, पर्सा र मोरङलाई सरकारले हटस्पटका रुपमा पहिचान गरेको छ । काठमाडौँ, ललितपुर, पर्सा, बाँके र रुपन्देही ५ जिल्लामा सक्रिय संक्रमितको संख्या उच्च रहेको स्वास्थ्य मन्त्रालयले भनेको छ ।

मुख्य नाका बाहेक अन्य क्षेत्रमा पनि सुरक्षाकर्मी त छन् । तर उनीहरुले रोक्न सक्ने अवस्था देखिँदैन । दशगजामा खटिएका सुरक्षाकर्मीले आफूहरुले प्रयास गरे पनि यसरी आवतजावत गर्नेलाई रोक्न सक्ने अवस्था नरहेको बताएका छन् । सुनसरीसम्म नै नाका खुला छ । सर्वसाधारण नेपालमा भन्दा भारतमा सस्तो पर्ने भन्दै जान्छन् । सस्तो सामानको लोभमा हुने गरेको भारत आइजाइले महामारीको यो अवस्थामा नेपालतर्फ जोखिम बढाएको छ । पूर्वदेखि पश्चिमसम्मका नाका एकदमै फितला देखिएका छन् जसले गर्दापनि जाेखिम बढिरहेकाे छ ।

नेपालमा बढिरहेकाे काेराेना तथ्यांककाे दर अप्राकृतिक देखिएकाे प्रष्ट भएकाे छ । देशमा रहेका १ हजार १६९ आइिसयूमा २५२ जना प्याक भइसकेका छन भने रहेका ४७८ भेन्टिलेटरमा पनि ६५ भरिइसकेकाे अवस्था छ । यहि गतिमा काेराेना लहर बढ्दै जाँदा भारतमा अहिले देखिइरहेकाे अवस्था नेपालमा पनि नआउला भन्न सकिन्न । सबै हाेशियारीका उपाय अवलम्बन गर्दै नाकामा कडाइ र उपचारकाे जाेहाे वर्तमान अपरिहार्यता हाे ।

गाउँ सहर डेस्क

तपाईँको मत