स्वास्थ्य

विश्वमा कोरोना कहर बढ्दै, एकलाख १० हजार ४८० को अवस्था गम्भीर, संक्रमितमध्ये दुइ प्रतिशतको मृत्यु

काठमाडौँ । विश्वमा कोरोना कहर थप जटिल बन्दै गएको छ । खोप आएपनि भाइरसको म्यूटेशनले मृतकको दर बढ्दो छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट संक्रमितको संख्या १४ करोड ७७ लाख ६३ हजार ७१८ पुगेको छ । निको हुनेको संख्या १२ करोड ५२ लाख ९८ हजार ४१८ रहेको छ । ३१ लाख २१ हजार ७६९ जनाले ज्यान गुमाएको वर्ल्डोमिटर्स डट इन्फो कोरोनाभाइरसले जनाएको छ ।

इन्फोका अनुसार विश्वमा भाइरसको एक करोड ९३ लाख ४३ हजार ५३१ संक्रमण सक्रिय रहेकोमा १ लाख १० हजार ४८० को अवस्था एकदमै चिन्ताजनक छ । 

कोरोनाका कारण अमेरिका, भारत, ब्राजिल, फ्रान्स, रसिया, टर्की, बेलायत, इटली, स्पेन, जर्मनीजस्ता दश मुलुक बढी प्रताडित बनेका छन् ।

नेपालपनि थप जोखिमको चपेटामा परेको छ । अहिलेसम्म तीन हजार १६४ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र सबैभन्दा बढी २८ जनाको मृत्यु भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत