यस्ताे छ राष्ट्रियसभा उपनिर्वाचनको कार्यतालिका, ८६ वटा दललाई ९ बुँदे ध्यानाकर्षण
- गाउँ सहर संवाददाता
- १२ बैशाख आइतबार, २०७८ | १९:१५:०० मा प्रकाशित
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आउँदो जेठ ६ गतेका लागि तय भएको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
यही जेठ ६ गते हुने बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आयोगबाट आज निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।
स्वीकृत कार्यक्रम कार्यतालिका निम्न बमोजिम रहेको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
२०७८ वैशाख २१ गते मतदाता नामावली प्रकाशन तथा दाबी विरोधको उजुरी दिने
वैशाख २२ र २३ गते निवेदन तथा उजुरी उपर छानबिन र कारबाही गर्ने । २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने । २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तथा मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने । २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने । २६ र २७ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने । २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने । २८ गते उम्मेदवारले नाम फिर्ता लिने । २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने
त्यसैगरि निर्वाचन आयोगले खर्चको विवरणको नबुझाउने ८६ वटा राजनीतिक दलहरूलाई आइतबार ९ बुँदे ध्यानाकर्षणपत्र पठाएको छ । यसअघि आयोगले १३३ वटा दललाई स्मरण पत्र पठाएको थियो । संविधानले तोकेको समयमा अधिवेशन गरेको विवरण बुझाउनुपर्ने, पदाधिकारीहरु समावेशी हुनुपर्ने, स्थानीय तह र प्रदेशको विवरण जिल्ला निर्वाचन कार्यालयमा अभिलेख गराउनुपर्ने लगायतका निर्देशन आयोगले ती दललाई दिएको छ ।
दलहरुले बुझाउनुपर्ने लेखा परीक्षण प्रतिवेदन नबुझाउने दलहरूलाई २० हजारसम्म जरिवाना हुने सक्ने बताउँदै निर्वाचन आयोगले हिसाब नबुझाउने दलहरूलाई खर्च विवरण सार्वजनिक गर्न भनेको छ । तीन वर्षसम्म खर्च विवरण नबुझाउने दलहरूलाई ५० हजार रुपैयाँसम्म जरिवाना हुने आयोगले बताएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस