दृष्‍टिकोण

‘ह्वात्तै बढेकाे काेराेना संक्रमण, सरकारकाे शैली र चेपुवाका जनता’

काठमाडाैँ । आइतबारकाे काेराेना तथ्यांकले नेपालमा भयावह स्थितिकाे संकेत गर्दछ । उसैपनि छिमेकी मुलुक भारतकाे कहालिलाग्दाे दृश्यले सताइरहेकाे परिवेशमा आइतबारकाे मृतक दरले प्रत्येक नेपालीकाे मनमा थप डर पैदा गराइदिएकाे छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १२२ जना नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ३ लाख ११९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ४५० छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७७ हजार ५७३ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशमा सक्रिय केश १९ हजार ३८२ रहेको छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ६९ छ । गत २४ घण्टामा ९ हजार २ सय ९२ पीसीआर तथा ७८६ एन्टिजेन परीक्षण भएको छ ।

विद्यालय बन्द गरिएकाे छ, सवारीसाधनकाे जाेरबिजाेर गरिएकाे छैन (केहि सहरबाहेक) । अनावश्यक भीड यथावत नै छ । सुरक्षाका उपायमा प्रभावकारीतामा कमी आएसंगै नेपालमा संक्रमणकाे दर बढ्न गएकाे छ । यसकारण सबै क्षेत्रमा जाेरबिजाेर र नाकामा कडाइसँगै परीक्षण र उपचारमा गम्भीर हुनपर्ने देखिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक पटक विज्ञप्ति निकालेर सतर्कतामा कुनै कमी नगर्न र याे समयमा आन्दाेलन, गाेष्ठी, सेमिनार, विराेध नगर्न आग्रह गरेकाे छ । संक्रमितकाे संख्या चाैबल बढ्दै जाँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरेना संक्रमणको अहिलेको चक्रलाई रोक्न नसके केही दिनमा अस्पतालमा बिरामी राख्ने ठाउँ पनि नहुने चेतावनी दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबार एक विज्ञप्ति जारी गरी कोरोना संक्रमण र उपचारको दुखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेको बताएका छन् । 

‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलँदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्न सक्ने भूमिकाहरुबाट कसैलाई पनि विचलित हुन नदिऔं, खबरदारी गरौं ।’

कोरोना संक्रमण रोकथामकालागि सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्नु निर्विकल्प उपाय भएको मन्त्रालयले जनाएको छ ।

यसले नेपालमा बढिरहेकाे काेराेना तथ्यांककाे दर अप्राकृतिक देखिएकाे प्रष्ट भएकाे छ । देशमा रहेका १ हजार १६९ आइिसयूमा २५२ जना प्याक भइसकेका छन भने रहेका ४७८ भेन्टिलेटरमा पनि ६५ भरिइसकेकाे अवस्था छ । यहि गतिमा काेराेना लहर बढ्दै जाँदा भारतमा अहिले देखिइरहेकाे अवस्था नेपालमा पनि नआउला भन्न सकिन्न ।

याे विषम अवस्थामा अब हामी पुनः लकडाउन राेज्ने कि सबैकाे प्रयत्नमा जाेगिने ? प्रश्नचिन्ह खडा भएकाे छ । हुन त कत्ति नगरेकाे देख्ने मिडियाले अस्पताल उद्घाटन गरेकाे देखेन, पुल बनाएकाे देखेन अनि धरहरा बनाएकाे देखेन भन्नेछन् फेरी । रैपनि गर्नुपर्ने कुरामा प्राथमिकीकरण नगरेकाे भन्ने आधार प्रशस्तै छन् ।

तर फेरीपनि भन्नैपर्छ सरकार सुतेर बस्ने हाेइन गरिरहने हाे, जनता जसरीपनि बचाउने हाे । जनता छाडेर पार्टीकाे बैठक, गुटकाे भेला र भाेज गर्ने हाेइन । यसपटक चुक्याै भने कालान्तरसम्म लाग्ने दाग जत्ति गरेपनि पखाल्न सक्ने छैनाै ।

गाउँ सहर डेस्क

तपाईँको मत