स्वास्थ्य

नेपालमा पनि काेराेना राप : थप २८ सङ्क्रमितको मृत्यु, थप ३१२२ जनामा संक्रमित

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका २८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ बिवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा २८ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट कुल तीन हजार १६४ जनाको मृत्यु भएको जनाएको छ ।

२४ घण्टामा मात्रै १६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका १ हजार १ सय ३२, ललितपुरका २७० तथा भक्तपुरका ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर २५२ जनाको आइसियु तथा ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४५० जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घन्टामा ९ हजार २ सय ९२ पीसीआर तथा ७८६ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत