अर्थतन्त्र

आइतबार सुन तोलाको ४०० रुपैयाँ र चाँदी तोलाको १० रुपैयाँले घट्याे

काठमाडाैं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन तोलाको ४०० रुपैयाँ र चाँदी तोलाको १० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ, तेजावी ९० हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३१० रुपैयाँ तोकिएको छ ।

शुक्रबार नेपाली बजारमा छापावाला सुन तोलाको ९१ हजार ७०० रुपैयाँ, तेजावी ९१ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो । 

शुक्रबार सुन तोलाको ५०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेर कारोबार भएको थियो । 

गाउँ सहर संवाददाता

तपाईँको मत