गाउँ सहर

हेटौंडामा चल्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागू

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि वाग्मती प्रदेशको राजधानी हेटौंडामा चल्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएकाे छ  । 

हेटौंडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा आजदेखि जोर बिजोर प्रणाली लागू गरिएकाे जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएकाे छ ।हेटौंडा बजारमा चल्ने कार, मोटरसाइकल लगायत निजी सवारी साधन तथा ट्याम्पो, मयुर, म्याजिक, अटो लगायत सार्वजनिक यातायातमा समेत जोर विजोर प्रणाली लागू गरिएको प्रशासनले जनाएकाे छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार सार्वजनिक ठाउँमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन अन्तर्गत कारबाही हुनेछ । जिल्लास्थित सबै पिकनिक स्पोर्ट र पार्क पनि वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ । 

स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए-नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुमगन समिति समेत गठन गरिएको छ । हेटाैंमा काेराेना संक्रमित बढ्न थालेपछि स्थानीय प्रशासनले कडाइ गरेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत