राजनीति

ओलीले आकस्मिकरूपमा बाेलाए महाधिवेशन आयोजक कमिटीको बैठक

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिकरूपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् ।

ओलीले आज बिहान १० बजे बैठक बस्ने गरी कमिटी बैठक बोलाएका हुन् । 

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशन आयोजक कमिटी बैठक बस्न लागेको गाउँ सहरलाई बताए । सदस्यलाई शनिबार राति नै बैठकको जानकारीसहितको निम्तो गरिएको उनले बताए । 

दुई दिनअघि मात्रै आयोजक कमिटीको पहिलो बैठक सकिएको थियो । दुई दिन नबित्दै बैठक बोलाउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

खासगरी पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको तामाङको भनाइ छ । 

बैठकले पार्टीको पछिल्लो गतिविधिसँगै वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेतामाथि चालिने सम्भावित कदमबारे छलफल गरी निष्कर्षमा पुग्ने बताइएको छ ।    

बैठकका एजेन्डा खुलाइएको छैन ।

यसअघि ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षविनै १९ सदस्यीय स्थायी कमिटीसमेत गठन गरेका थिए ।

ओलीले माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण पनि सोधेका थिए। तीमध्ये अधिकांसले स्पष्टीकरण बुझाइसकेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत