गाउँ सहर

आजबाट सात केन्द्रबाट चिनियाँ खोप दिइदै

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २५ चैतदेखि दिदै आएको चीनको सहयोगमा प्राप्त चिनियाँ खोप भेरोसेल आईतबार (आज) बाट काठमाडौंका सात वटा खोपकेन्द्रमा लगाइने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर, हिमाल अस्पताल ज्ञानेश्वर, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर, नेपाल मेडिकल कलेज जोरपाटी, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथली, काठमाडौँ मेडिकल कलेज सिनामंगल र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खोप दिइदैछ ।

तीन केन्द्रबाट दोस्रो मात्रा दिइदै
यसैबीच आईतबारबाट कोरोनाविरुद्धको पहिलो डोज खोप दिने केन्द्रहरु थप गरेर खोप दिन लागिएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले वैशाख सातदेखि ११ गतेसम्ममात्र कोरोनाको दोस्रो मात्रा खोप दिने घोषणा गरेको थियो ।

जिल्ला स्वास्थ्थ्य कार्यालय काठमाडौले यसअघि लगाइएका केन्द्रबाट खोप लगाउने कार्यलाई आईतबार पनि निरन्तरता दिइने बताएको छ । दोस्रो मात्रा खोप गत १४ माघ देखि १० फागुनसम्म पहिलो डोज खोप कोभिसिल्ड लिएका व्यक्तिहरुलाई सात गते देखि ११ गतेसममलाइ तोकिएको थियो ।

काठमाडौँमै दोस्रो डोज लगाउन केही बाँकी रहेको निस्कर्ष निकाल्दै स्वास्थ्य कार्यालयले तीनवटा खोप केन्द्रमा दोस्रो डोज लगाउने कार्यलाई निरन्तरता दिने बताएको हो । ती खोप केन्द्रहरुमा वीर अस्पताल महावौद्ध, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत