हुर्रे ! त्रिकाेणात्मक टि-ट्वान्टी क्रिकेटमा नेदरल्याण्ड बिरूद्धकाे फाइनल खेलमा नेपालकाे सानदार जित
- गाउँ सहर संवाददाता
- ११ बैशाख शनिबार, २०७८ | १६:३०:०० मा प्रकाशित
काठमाडौं । नेरदल्याण्ड्समाथि १४२ रनको शानदार जितसँगै नेपालले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ ।
नेपालले दिएको २३८ रनको लक्ष्य पछ्याएको डच टोलीले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।
यससँगै नेपालले पहिलो पटक टी-ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ ।
यस्तै नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको छ । नेपालले यस अघि सन् २०१० मा आईसीसी डिभिजन-५ को उपाधि जितेको थियो ।
नेपालले दिएको २ सय ३९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७ ओभर ७ बलमा अलआउट हुँदै ९६ रन मात्र बनाउन सक्यो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो ।
टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले विपक्षी टिमलाई दिएको यो कीर्तिमानी लक्ष्य हो ।
यस अघि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक रन २ सय ३६ रहेको थियो । नेपालमा आयोजना भएको १३ औं सागमा भुटानविरुद्ध नेपालले २ सय ३६ रन जोडेको थियो ।
नेपालको कीर्तिमानी स्कोरमा कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले ।
भुर्तेलले तेस्रो विकेटको रुपमा नेपाललाई ७७ रनको योगदान दिए । ५३ बल खेलेका भुर्तेलले ८ चौका र ३ छक्काको मद्दतमा ७७ रनको योगदान दिए ।
उनी सेवास्टीयन ब्राटले गरेको १६ औं ओभरको चौथो बलमा लङअनमा पिटर सिलारको हातबाट क्याच आउट हुन पुगे । उनले कप्तान ज्ञानेन्द्र मल्लसँग ५७ रनको साझेदारी गरेका थिए भने कुशल मल्लसँग ७६ रनको साझेदारी गरेका थिए ।
यसअघि नेपालले पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमाएको थियो । फिलिप्पे बोइसेविनले गरेको तेस्रो ओभरको दोस्रो बलमा आसिफ पेभिलियन फर्किएका हुन् । उनी लामो सट खेल्ले चक्करमा लङअनमा वान मिकेरनको हातबाट क्याच हुँदै पेभिलियन फर्किएका थिए । उनले ८ बलमा एक चौका र २ छक्का सहित १६ रनको योगदान दिए ।
दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मैदानबाट बाहिरिए । उनी दशौं ओभरको तेस्रो बलमा लङअनमा क्याच हुन पुगेका थिए । फिलिप्पे बोइसेविनले गरेको बलमा कप्तान पिटर सिलारले लङअनमा क्याच गर्दै मल्ललाई मैदान बाहिर पठाएका थिए । उनले १९ बलमा ३ चौका र २ छक्का सहित ३३ रनको योगदान दिए ।
कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले । उनले २४ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५० रनको अविजित अर्धशतकीय इनिङ्स खेले । यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरी ४८ रनमा अविजित रहे । उनले १८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४८ रनको अविजित इनिङ्स खेलेका हुन् ।
कुशल मल्ल र ऐरीले ७८ रनको साझेदारी गरे । नेदरल्यान्ड्सका लागि फिलिप्पे बोइसेविनले दुई विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ४३ रन खर्चेर दुई विकेट लिएका थिए । यस्तै सेवास्टीयन ब्राटले एक विकेट लिए ।
नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको सिरिजमा नेपाल समूहको शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । नेदरल्यान्ड्सले भने दोस्रो स्थानमा रहेर फाइनलमा स्थान पक्का गरेको हो ।
मलेसिया भने जित लिग चरणबाटै बाहिरिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस