स्वास्थ्य

पूर्वराजारानी अस्पतालमा भर्ना

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । 

छोरी प्रेरणा शाहसहित उनीहरु शनिबार दिउँसो १ बजे अस्पतालमा भर्ना भएका अस्पतालले जनाएकाे छ । अस्पतालका अनुसार कोभिड–१९ को उपचारका लागि उनीहरु भर्ना भएका हुन् । 

केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र रानीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

अस्पतालले उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत