स्वास्थ्य

पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु, २ हजार ६१८ नयाँ थपिए संक्रमित, ३६८ ले गरे स्वास्थ्य लाभ

काठमाडौँ । पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार १३६ पुगेको छ ।

मन्त्रालयका अनुसार यहि समयमा २ हजार ११८ जना नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।

यहि समयमा स्वास्थ्य लाभ गर्नेको संख्या ३८६ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन गरेर ८ हजार ६६८ को परीक्षण गरिएको जसमध्ये २ हजार ४ सय ८६ पिसिआरबाट संक्रमित भएका छन भने एन्टिजेन विधिबाट १३३ नयाँ गरी २ हजार ६१८ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार अहिले देशमा १६ हजार ८२८ सक्रिय संक्रमित रहेका छन् । अहिले क्वारेन्टाइनमा रहनेको संख्या ७१ छ । आजसम्ममा २३ लाख ९५ हजार ७२५ जनाको पिसिआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार देशभर २१३ जनाको आइसिय”मा र ६९ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

देशमा पछिल्लो समय संक्रमण र मृतकको संख्या ह्वात्तै बढेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत