स्वास्थ्य

भारतमा एकैदिन साढे तिनलाख काेराेना संक्रमित हुँदा २६ सयकाे मृत्यु, विश्वभर एक लाखभन्दा बढि सिकिस्त

काठमाडौं । विश्वमा पछिल्लाे २४ घण्टामा सबैभन्दा धेरै काेराेना अर्थात झण्डै तीनलाख जना संक्रमित भारतमा भएका छन् । भारतमा ३ लाख ४५ हजार १४७ जना नयाँ संक्रमित थपिएका छन् भने २६२१ जनाकाे मृत्यु भएकाे छ । यससँगै भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ६६ लाख २ हजार ४५६ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ८९ हजार ५४९ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ३८ लाख ६२ हजार ११९ जना निको भएका छन् । सक्रिय केस २५ लाख ५० हजार ७८८ जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

विश्वभर (कोभिड-१९) कोरोनाभाइरसले सताइरहेकाे छ । विश्वभर हाल १ कराेड ९१ लाख ७ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । संक्रमितमध्ये निको हुनेको संख्या १२ करोड ४० लाख १३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १४ करोड ६२ लाख २० हजार नाघेको छ भने मृतकको संख्या ३० लाख ९८ हजार ८८३ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ९ हजार ८८४ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड २७ लाख ३५ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ८५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ५२ लाख ९६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६८ लाख ५४ हजार जनामा भाइरस सक्रिय छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ४२ लाख ३८ हजार जना संक्रमितमध्ये १ कराेड २७ लाख ११ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ३ लाख ८६ हजारभन्दा बढी छन् । हाल ११ लाख ४० हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ९४ हजार ६०१ जना पुगेका छन् भने २ लाख ७६ हजार ७५५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार १२२ पुगेको छ भने १४ हजार ७२४ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत