फोटो

फेरि ठडियाे धरहरा

काठमाडौं । २०७२ सालको भूकम्पले ढलेको ऐतिहासिक धरहरा ६ बर्षपछि फेरि ठडिएको छ । सुनको जलप लगाएको, टिलिक्क टल्किने गजुरसहितको धरहरा काठमाडौबासीले अब आफ्नै घरको कौसीबाट समेत देख्न सक्ने भएका छन् ।

अत्याधुनिक प्रविधिबाट बनेको नयाँ धरहरा चढ्न लिफ्टसँगै परम्परागत भर्‍याङको पनि प्रयोग गर्न सकिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए धरहरा प्रधानमन्त्री ओलीले नै वैशाख ११ गते उद्घाटन गर्दैछन् ।

पहिलाको धरहराको तुलनामा नयाँ धरहरा अत्याधुनिक र सुविधासम्पन्न रहेको छ । धरहरा चढ्न परम्परागत भर्‍याङसँगै लिफ्ट पनि राखिएको छ । बाहिरबाट हेर्दा धरहरा ११ तलाको देखिए पनि भित्र भने २२ तलाको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत