स्वास्थ्य

कोरोनाबाट थप ५ जनाको मृत्यु, थपिए २ हजार ५५९ संक्रमित, निको भए ४१० जना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ रहेको छ । योसहित कुल मृतकको संख्या ३ हजार १२२ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६६४ जनाको परीछण भएको छ । पिसिआर विधिबाट ८ हजार ७९८ र एन्टिजेन विधिबाट ८६६ मध्ये पिसिआरमा २ हजार ४४९ र एन्टिजेनमा ११० संक्रमित थपिएका छन् । कुल २ हजार ५५९ संक्रमित थपिएका छन् । 

मन्त्रालयका अनुसार थपिएका संक्रमितसहित कुल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ४१० छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशमा सक्रिय केश १४ हजार ७२४ रहेको छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ७५ छ । देशका विभिन्न अस्पतालमा १७३ जना आइसियू र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

देशमा १ हजार १८५ आइसियू र ५१२ भेन्टिलेटर मात्र छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत