राजनीति

पूर्वमाओवादी अटाएकाे एमाले स्थायी समितिमा माधव नेपाल पक्षका काेही अटेनन्

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बनाएका छन् । स्थायी कमिटी सदस्यमा माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा रहेका नेताहरु भने छैनन् ।

माधव पक्षका एक जनालाई पनि नराखि बनाइकाे समितिमा पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ लेखराज भट्ट, टोप बहादुर रायमाझी अटाएका छन्।

शुक्रबार वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले नेपाल पक्षलाई बाहिर राख्दै नयाँ स्थायी कमिटि बनाएका हुन्।

स्थायी कमिटीमा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुबीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल, करण गुरूङ र मणि थापा सदस्य रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत