जीवनशैली

केहि व्यक्ति बिना काम वा विहान उठ्दा किन फरक तरिकाको थकान महशुष गर्छन् ?

काठमाडौँ । केहि व्यक्तिहरु दिनभर नै थकान महशुष गर्छन् । तपाईं पनि यो समस्याबाट पीडित हुनुहुन्छ ? बिना कुनै काम वा विहान उठ्दा फरक किसिमको थकान महशुष गर्नुहुन्छ भने तपाईं कुनै रोगबाट ग्रसित हुनुभएको छ । 

बिना कारण थकान हुने समस्या कुनै गम्भीर प्रकृतिको रोगको कारण हुनसक्छ । पोषण तत्वको कमीपनि यसको कारण हुनसक्ने प्रकृतिक स्वास्थ्य चिकित्सक डा. यन्जन गैह्रे बताउँछन् ।

रक्त चापको समस्यामा पनि पैतालमा दुखाई, टाउकोको पछाडिको भागमा दुखाईका कारण बिनाकारण पनि थकानको समस्या हुन्छ । डायबिटीज, थाइराइड भएको अवस्थामा पनि यस्तो लक्षण देखिन्छ । यसकारण आफ्नो बीपी, थाइराइड वा सुगर अवश्य टेस्ट गराउनुहोला ।

डा. गैह्रेका अनुसार, आधारभूत परीक्षणले पत्ता नलागेमा भिटामिन बी १२ र भिटामिन डी को कमीको बारेमा पनि परामर्श लिनुपर्दछ । भिटामिनको कमी हुँदा चिकित्सकको परामर्श वा दवाई लिनुहोस् । विहान २० मिनेट घाम ताप्नुहोस् ।

यो रोगको उपचारको लागि हामीले पोषणयुक्त आहार साथै नियमित व्यायाम वा ध्यान गर्नु जरुरी छ । लगातारको समस्या भएमा डाक्टरको परामर्श लिनु आवश्यक छ ।

क्याल्सियमको कमी, घर वा बाहिरको काम, निन्द्रा नपुग्नु आदि कारणबाट धेरै स्त्रीहरुमा कमजोरी वा थकानको सामना गरिरहनुपरेको छ वा हुनसक्छ । यसकारण आफ्नो क्षमताभन्दा बाहिर गएर शरीरलाई कष्ट नदिनुहोस् । नियमित चेकजाँच गराउनुहोस् । बोन डेन्सिटी, भिटामिन बी-१२, डी वा हेमोग्लोबिनको कमीप्रति सचेत रहनुहोस् ।

सम्पूर्ण आहार लिनुहोस र आराम पनि गर्नुहोस् । शारीरिकसँगै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुहोस् । याे काेराेनाकालमा त झनै हाेसियार बन्नुपर्ने देखिएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत