सेवा

अशोक लेलैण्डद्वारा एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लि. द्वारा प्रवर्द्धित अशोक लेलैण्डले एक कार्यक्रमबीच भारतीय राजदूतावासलाई दुई थान सुविधा सम्पन्न एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु हस्तान्तरण गरेको छ ।

राजदूतावासका अनुसार नेपाल भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स उपहार स्वरूप हस्तान्तरण गरिएको बताएको छ । दूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ–संस्थाहरुलाई एम्बुलेन्स साथै स्कुल बसहरु उपहारस्वरुप प्रदान गरेको हो । स्वास्थ्य सेवा, विशेषगरी आपतकालिन स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउन नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएकोमा थप एम्बुलेन्सहरु उपहार स्वरूप प्रदान गरेको हो । राजदुतावासले बताए अनुसार सो एम्बुलेन्सहरु सहिद गंगालाल हृदयरोग केन्द्र बासवारी र धुलिखेल अस्पताललाई पुनः दिएको बताएको छ ।

आइएमई मोटर्सले एम्बुलेन्स सहित विषेश सुविधा युक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठूला कमर्सियल गाडीहरु बिक्री वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत